मिनी सडक महोत्सवसहित पोखरामा पर्यटन दिवस मनाइने
काठमाडाैं | असोज ७, २०८०
पोखरा: पोखरामा मिनी सडक महोत्सवसहित ४४ औं विश्व पर्यटन दिवस मनाइने भएको छ ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान)को आयोजनामा मिनी सडक महोत्सव आयोजना गरिने पत्रकारसम्मेलनमार्फत आज (आइतबार) जानकारी दिइएको हो ।
महोत्सव ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पर्यटन दिवसको दिन (असोज १० गते) मनाइने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
उनका अनुसार सडक महोत्सवको आयोजना लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म हुने छ ।
सो सडकक्षेत्रमा यातायात आवागमन रोकिने बताउदै नेपाल र भारतका सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने श्रेष्ठले बताए । साथै विभिन्न जातजातिको संस्कृति झल्किने खालका भाँकीसमेत प्रर्दशन हुनेछ ।
रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पर्यटन दिवसमा आयोजना हुने मिनी महोत्सवले अंग्रेजी नयाँ वर्षको सडक महोत्सवको झल्को दिने विश्वास व्यक्त गरे ।
सो महोत्सवले पर्यटकीय गतिविधि वृद्धि गर्ने रेवानको अपेक्षा छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

